logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

रौतहटको राजपुर तनाव ग्रस्त ,२९ राउण्ड हावाइ र ३० राउण्ड टियर ग्यास फायर


  • राजनीति
  • बिहिबार, भाद्र २६ २०७६

रौतहटको राजपुर नगरपालिका ८ कुडिया बजारमा गोली चलेको छ। बुधबार मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाले हिन्दुहरूले मनाउने पर्व छठको स्थानमा क्षति पुर्‍याएपछि भएको बिवादले आज पनि सो क्षेत्र तनाब ग्रस्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नबिन कार्कीले जानकारी दिएका छन्। २९ राउण्ड हावाइ फायर र ३० राउण्ड टियर ग्याससहित ५८ राउण्ड गोली चलेको छ।
अहिले सो क्षेत्र तनाब ग्रस्त छ। बुधबार साझ पनि झडपलाई नियन्त्रणा लिन प्रहरीले ८ सेल अश्रु ग्याससहित २९ राउन्ड हवाई फायर गर्नु परेको डिएसपी कार्कीले जानकारी दिए। झडपको क्रममा करिब १ दर्जन प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारी पनि घाइते भएका छन्।
अहिले सो क्षेत्रमा थप शसस्त्र प्रहरीको बल पुगेको छ। हाल सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रत्येक वर्ष त्यस ठाउँमा मुस्लिमको पर्व मुहरर्म र हिन्दुहरूको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको छ। राजपुर नगरपालिका भारतीय सिमानासँग जोडिएकोले पनि त्यहाँको अवस्था बढी तनावग्रस्त हुने गर्दछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार