logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सहारा एकेडेमीलाई प्रदेश सरकारले सहयोग गर्ने,पत्रकार श्रेष्ठ सम्मानित


  • आश तमु
  • सोमबार, भाद्र ३० २०७६

पोखरा- सहारा क्लवको २१ औं बार्षिक साधारण सभा एवं ११ औं अधिवेशन समप्न्न भएको छ। अधिवेशनको सोमबार सहारा एकेडेमीमा उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले सहारा एकेडेमीलाई यस बर्ष २० देखि ३० लाख रुपैया आर्थिक सहयोग गर्ने उद्घोष गरेका छन्।

सहारा एकेडेमीमा हाल १६ जिल्लाका २४ जना वालकहरु रहेको छ । २०५५ मा स्थापना भएको क्लवले २०५८ साल देखि एकेडेमी संचालन गर्दै आएको छ ।

त्यसैगरी, यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट नागरिक राष्ट्रिय दैनिकमा आवद्ध सन्देश श्रेष्ठ पुरस्कृत भएका छन्। मुख्य मन्त्री गुरुङले सम्मानपत्रको साथमा दोसल्ला ओढाई फुल मालाले श्रेष्ठलाई सम्मान गरेका हुन्। उक्त पुरस्कारको राषि २० हजार ५ सय ५५ रहेको छ ।क्लवका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षता गरेका थिए।

 

तस्बिर क्रिष्ण मणि बराल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार