राजनीति
पोखरा-लुक्लाबाट काठमाडौंका लागि उडेका ४ वटा हेलिकप्टर अविरल वर्षा र बाक्लो हुस्सुका कारण मौसम प्रतिकुल बनेपछि काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् ।मौसम प्रतिकूल भएका कारण काठमाडौं छिर्न नसकेपछि ४ हेलिकाेप्टर काभ्रेमा र ३ हेलिकाेप्टर सिन्धुलीमा आकस्मिक अतवरण गरिएका हुन्।
मौसम प्रतिकुल भएपछि लुक्लाबाट विदेशी पाहुना लिएर काठमाडौ आउँदै गरेका चारवटै हेलिकप्टर धान खेतमा अवतरण गरिएका हुन् ।त्यस्तै काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेको सहप्रवक्ता उमेशराज जोशीले बताएका छन् ।
उनका अनुसार, मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका एकएक गरी ४ वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका छन् ।
४ चालक सहित विदेशी पर्यटक २१ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।