पोखरा-बानेश्वरस्थित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ ।उनको घरमा सोमबार साँझ उनको घर आगलागी भएको हो । आगलागीबाट के कति क्षती भएको छ भन्ने विवरण आइसकेको छैन ।
आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन्।
‘म पिडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन ।। मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन ।।अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया ,सुझाव नजलोस् ।। म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छे’, आगलागीपछि उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्।