logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

किन थन्किए दशैकाे सामान केरुङ ?


  • पत्रपत्रिका
  • आइतबार, असोज ५ २०७६

यसपालि दशैकाे लागि भनेर ल्याइएका सामानहरु केरुङ नाका मै थन्कियका छन। केरुङमा सामान लोड गर्न खाली कन्टेनर नहुँदा नेपाल ल्याउन लागिएका दसैं र तिहारका सामान गोदामै थन्किएका हुन ।

चीनसँगको प्रमुख व्यापारिक नाका र रसुवागढी पुग्ने सडक अवरुद्ध हुँदा केरुङमा सामान लोड गर्ने खाली कन्टेनरको अभाव भएको हो ।

‘अहिले कन्टेनरमा सामान लोड गर्नका लागि खाली कन्टेनर छैनन्,’ व्यापारी धर्म पौडेलले भने,‘दसैं र तिहारका धेरै सामान गोदाममै थन्किएका छन् ।’

कालिका गाउँपालिका–१ नाकुरदुङमा भदौ २५ गते साँझ सडक भासिँदा पासाङल्हमु मार्ग अवरुद्ध भएको हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार