logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मनाङ घुम्न यात्रु लिएर आएको स्करपियो लमजुङको पहिरोमा पुरियो


  • राजनीति
  • आइतबार, असोज १२ २०७६

लमजुङ- बेंसीसहर–चामे सडक अन्तर्गत लमजुङको मर्स्याङदी गाउँपालिका-४, स्याँगेमा पहिरो जाँदा मनाङ जाने सडक अवरुद्ध भएको छ ।

पहिरोले बा१६च ५०६८ नं। को स्करपियो जीप पुरेको छ । काठमाडौंबाट मनाङ घुम्न यात्रु लिएर आएको स्करपियो जीप पुरिएको हो। स्थानीयका अनुसार शनिबार साँझ मिर्मिरेमा पहिरो खसेको हो । पहिरोले सवारी साधनमा क्षति पुर्‍याए पनि यात्रु भने भाग्न सफल भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यलयका अनुसार जेपमा चालकसहित ५ जनाको टोली मनाङतर्फ जाँदै गरेका थिए। । पहिरोले सडक अवरुद्ध भएको र पहिरो पन्छाउने तयारी भइरहेको बताएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार