पोखरा-आज विहान प्रहरी भ्यानले जनकपुरमा एक बाइकलाई ठक्कर दिँदा बाइकमा सवार एक युवकको मृ*त्यु भएको छ ।
मृ*त्यु हुने युवक धनुषाको धनौजी घर भई हाल जनकपुर ४ मा डेरा गरी बस्ने अन्दाजी वर्ष १८ का मनीष मण्डल रहेको जनकपुर अञ्चल अस्पताले जनाएको छ ।
बाइकमा सवार अर्का युवा जनकपुर ४ का वर्ष १६ का नजीरुल अंसारीको उपचार अहिले अञ्चल अस्पतालमा हुंदै छ । अनटेस्ट २२० पल्सर बाइक र धनुषा प्रहरीको ना।१ ग। ४७९ नम्बरको प्रहरी भ्यान एक आपसमा ठोकिएको थीयो ।
धनुषा प्रहरीका प्रवक्ता रामेस्वर कार्कीले प्रहरीको ठुलो भ्यान सर सफाई गरी फर्कि रहेको बेला अत्यधिक गतिमा आएको बाइक गाडीमा ठोकिएर दुर्घटना भएको बताएका छन् ।
दुर्घटना पश्चात तत्काल जनकपुर अञ्चल अस्पताल उपचारको लागि ल्याइएको मनिषलाई डाक्टर असलम साहले मृ*त घोषणा गरेका थिए ।
pic news 24