राजनीति
पोखरा- दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्व आगमनको अवसरमा श्रीकृष्ण मन्दिर सञ्चालक समिति र श्रीकृष्ण मन्दिर आमा समुह रामबजार कृष्णचोकले शुभकामना आदान प्रदान सहित श्रीकृष्ण जन्माष्टमी पर्व २०७६ को आयव्यय सार्वजनिक गरिएको छ।
मन्दिरका कोषाध्यक्ष जयन्द्र राजभण्डारीले शुभकामना व्यक्त गर्नुहुदै श्रीकृष्ण जन्माष्टमी पर्व २०७६ को आय व्यय सार्वजनिक गरेका थिए। उहाँका अनुसार श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ मनाउनुका साथै ५७ हजार ६३९ रुपैया बचत भएको जानकारी दिए ।
श्रीकृष्ण मन्दिर सञ्चालक समितिका अध्यक्ष ज्ञानबहादुर थापा र श्रीकृष्ण मन्दिर आमा समुहकी अध्यक्ष अम्बिका राजभण्डारीको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा श्रीकृष्ण मन्दिर आमा समुहकी उपाध्यक्ष कमला गुरुङ स्वागत र श्रीकृष्ण मन्दिर सञ्चालक समितिका द्धितिय उपाध्यक्ष प्रितम गुरुङले स्वागत गर्नुभएको थियो।
कार्यक्रममा विशेष अतिथि १०१ वर्षिय क्या।कुलबहादुर गुरुङ हुनुहुन्थ्यो भने आवर हल्प हेण्ड एशोसियसनले स्वयम सेवी भुमिका निर्वाह गरेको थियो। रामबजार क्षेत्रका बृहत सहभागीता रहेको शुभकामना कार्यक्रम सहित आयोजकले खाजा तथा चियापान समेत व्यवस्था गरिएको थियो।