logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

तमु धिं नेपालको साधारणसभा,तमुहरुले समय र परिवर्तनलाई आत्मसाथ गर्नुपर्दछ अध्यक्ष तमु

तमुहरुले समय र परिवर्तनलाई आत्मसाथ गर्नुपर्दछः अध्यक्ष बेदबहादुर तमु


  • राजनीति
  • बिहिबार, असोज १६ २०७६

पोखरा – तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालको बुधवार ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि मादी गाँउपालिकाका अध्यक्ष बेदबहादुर तमु(श्याम)ले दीप प्रज्जलन गरी साधारणसभा उद्घाटन गरेका थिए। प्रमुख अतिथि तमुले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको एकता र सचेतता जरुरी रहेको बताएका छन । तमुहरु पहुँचमा पुग्नका लागि राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा प्रवेशका लागि पहल गर्ने पर्ने अध्यक्ष तमुको भनाई थियो। कुर्सीमा पुगे पनि कर्मचारी तन्त्र आफ्ना मान्छे नहुँदाको समस्याको अनुभूति भएको भन्नुहुदै उहाँले तमु धिं नेपालले वार्षिय कार्ययोजना समावेश गरेको लोकसेवा आयोग तयारी परिक्षाको तालिमका लागि मादी गाँउपालिकाले सहकार्य गर्ने बताउनुभयो।

राजनीतिक व्यवस्था परिवर्तनले अवसर प्राप्ती र केही न केही पहुँचमा पुगेकाले गोजीबाट मात्रै होइन तमुहरुले राज्यबाट पनि सुविधा पाउनुपर्ने, विकास र योजना प्राप्त गर्नुपर्ने उहाँको भनाई थियो। अध्यक्ष बेदबहादुर तमुले तमु धिं नेपालले यसैवर्ष क्होला सोंथर अध्ययन अवलोकन गर्ने योजना बनाएकाले आफ्नो र गाँउपालिकाको साथ रहेको उद्घोष गर्नुभयो। उहाँले क्होला सोंथरको संरक्षण र विकासका लागि प्रदेश सरकारले गुरुयोजना बनाएकाले तमु धिं लगायत तमुहरुले अपनत्वसहित साथ दिनुपर्ने आग्रह गर्नुभयो।
तमु भाषा, कला, संस्कृतिको संरक्षणका साथै लिपीका लागि गहन छलफल, विज्ञहरुसँगको अन्तरक्रिया जरुरी रहेको बताउनुहुदै तमु भाषाको पाठ्यक्रम निर्माण भए मादी गाउपालिकाका संभव भएसम्मको विद्यालयहरुमा तमु भाषामा पठन पाठन गर्न तयारी गरिरहेको बताउनुभयो।

साधारणसभामा तमु धिं नेपालका महासचिवले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव, कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको थियो।

कार्यक्रममा तमु धिं नेपालले आँधीखोला तमु समाजका मिर्गौला पिडित बुद्धिबहादुर तमुलाई २५ हजार सहयोग प्रदान गरेको थियो भने तनहु तमु समाजका तर्फबाट अध्यक्ष क्या।सुकबहादुर तमुले तमु धि। नेपालद्धारा स्थापित आकस्मिक राहात कोषमा ५१ हजार रुपैया सहयोग हस्तान्तरण गर्नुभएको थियो। यस्तै गरी कार्यक्रममा तमु धिं नेपालका संरक्षक मेजर दिलबहादुर तमु नेपाल सरकारबाट जनसेवा श्री पदक(चतुर्थ) विभुषित हुने भएकाले हार्दिक बधाईका लागि अग्रीम फेटा र खादाबाट सम्मान गरिएको थियो।
उक्त कार्यक्रममा चिउली पाचे तमु समाजका आमाहरु र पैयुखोला तमु समाजका आमाहरुले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हुमबहादुर तमुले स्वागत र सचिव अधिवक्ता जुनाकुमारी तमुले कार्यक्रम संचालन गर्नुभएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार