logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

मुस्ताङबाट कास्की अन्नपुर्ण घर भएकी १८ वर्षीया सुत्केरीलाई साँझ ६ बजे हेलिकप्टरबाट उद्दार


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, असोज १७ २०७६

जोमसोम- मुस्ताङको जोमसोममा ज्याला मजदुरी गरी बस्दै आएकी १८ वर्षीया आईकुमारी बिकलाई शुक्रबार साँझ ६ बजे हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–६ घर भइ केही महिना अघिदेखि जोमसोममा ज्याला मजदुरी गर्दै आइरहेकी थिइ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार बिक दम्पति परिवार केही महिनाअघि काम गर्ने शिलशिलामा मुस्ताङ आएका थिए ।

कलिलो उमेरकी सुत्केरी बिकको ७ महिनाको गर्भ रहेको र शुक्रबार उनलाई सुत्केरी व्यथा लागेको थियो । पेट, दम र रक्तचापबाट पीडित उनलाई शुक्रबार दिउसो जोमसोम अस्पतालमा पु¥याइएको थियो ।

अस्पतालले सुत्केरीलाई पोखरा लैजान सिफारिस गरेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार सुत्केरी बिरामीको अवस्था गम्भीर रहेकाले हेलिकप्टर मार्फत उद्दार गरिएको जानकारी दिए ।

स्रोत अन्नपुर्ण पोष्ट सुन्दर थकालीबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार