logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरी नियन्त्रणमा


  • रासस
  • शनिबार, असोज १८ २०७६

सल्यान – सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिद्धकुमाख गाउपालिका– ४ चाँदेकरेञ्जीका बेहुला १९ वर्षीय रत्नबहादुर बोहरा र सोही ठाउँकी बेहुली १९ वर्षीया भुमाकुमारी रावत रहेका छन् ।

बेहुला लोकबाहादुर बोहराको घरमा विवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बेहुलाका बुबा ४१ वर्षीय लोकबहादुर बोहरा र उहाँकी श्रीमती माया बोहरा, बेहुलीकी आमा ४० वर्षीया कलौटी रावत र बुबा ४२ वर्षीय रत्नबहादुर रावत तथा बालविवाह गराउने पण्डित कुशे नगरपालिका–९ जाजरकोट घर भएका २५ वर्षीय नवीन आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार बाल विवाह भइरहेको भन्ने प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले उनीहरूलाई मण्डपबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।

पक्राउ परेका सबैलाई अनुसन्धान गरी मुद्दा दायर गरिने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए । सल्यान जिल्लामा बालविवाहको दर उच्च रहेकाले यसको न्यूनीकरणमा प्रहरीले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।

देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार