logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

लाज छोप्न करोडौं खर्च : रातारात सजाइयो राजधानी


  • पत्रपत्रिका
  • शनिबार, असोज २५ २०७६

छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंलाई सजाएर चिटिक्क पारिएको छ ।यो समाचार नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका हुन् ।

राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना रंगाइएको छ । भत्किएका र जीर्ण संरचना र फोहर थुप्रिएका ठाउँ रंगीन ब्यानरले छोपिएको छ । अस्तव्यस्थ तीनकुने पार्कको बाहिर फूल र बिरुवा रोपिएको छ । विमानस्थल–तीनकुने–बानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ । सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न आकृतिका रंगीन ब्यानरले ढाकिएको छ ।

सडककिनारका बिजुलीका खम्बामा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सीका तस्बिर राखिएका छन् । सडकमा चम्किला र कृत्रिम गेट बनाइएका छन् ।
पाहुना आउँदा भित्री कुरुपता छोप्न सडक र छेउछाउका संरचना सजाइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार