logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

जथाभावी भाडा लिने,मिटर बिना चलाउने ४८ ट्याक्सी र चालक कास्की प्रहरीको नियन्त्रणमा


  • रासस
  • आइतबार, असोज २६ २०७६

पोखरा – पोखरा महानगरपालिकाभित्र विभिन्न स्थानमा मिटरमा नगई आफू खुशी जथाभावी भाडा लिने ४७ वटा र मिटर नै जडान नगरी आफूखुशी चलाउने पाँच ट्याक्सी र चालकलाई शनिबार कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।

यसअघि विभिन्न तहबाट भएका निर्णयको बेवास्ता गर्दै ट्याक्सीहरूले मनोमानी रुपमा भाडा लिने, मिटरमा नजाने जस्ता सर्वसाधारणका गुनासालाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि निरन्तर छड्के जाँच र गस्ती गर्दै आएकामा आज ती ट्याक्सी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

उनका अनुसार मनोमानी भाडा लिने, मिटरमा नजाने जस्ता प्रवृत्तिलाई निरुत्साहन गर्न जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रुपमा नै सूचना सङ्कलन, निगरानी, चेकिङ, अनुगमन तथा स्विप अपरेशनलाई तीव्रता दिइएको छ।

मिटरमा जान नमान्ने र मनोमानी भाडा लिने गरेको पाइएमा प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ।

देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार