logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

गुडबाइ महामहिम ! चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ता


  • राजनीति
  • आइतबार, असोज २६ २०७६

पोखरा-नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् ।

राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन् । सीको विदाई समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत पनि उपस्थित थिए ।

स्वागतको बेलामा जस्तै विदाइको बेलामा पनि कलाकारहरुले साँस्कृतिक झाँकी प्रदर्शन गरे भने नेपाली सेनाको टोलीले सलामी अर्पण गर्‍यो । विमानस्थल परिसरमा नेपाली विद्यार्थी तथा कलाकारहरुले नेपाल र चीनको झण्डा फहराउँदै सीसहितको चिनियाँ टोलीलाई विदाई गरेका थिए ।

सवारीको समयमा चिनियाँ प्रतिनिधिमण्डल बसेको होटल सोल्टीदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक खालि गराइएको थियो । सोल्टीमोड, कालीमाटी, त्रिपुरेश्वर, तीनकुने, थापाथली,माइतीघर मण्डला, बबरमहल, नयाँ बानेश्वर र सिनामंगलसम्म सीको विदाईका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार