logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

मोटरसाइकलले किचेर एकको मृ*त्यु


  • राजनीति
  • सोमबार, असोज २७ २०७६

पोखरा- मोटरसाइकलले किचेर कञ्चनपुर बेलडाँडी गाउँपालिका–३ बैवाह वनपुरुवामा एकको मृ*त्यु भएको छ।

म १ प ९९६० नम्बरको मोटरसाइकल बेलौरी नगरपालिका–१० भुडा हुँदै बेलडाँडी गाउँपालिका–५ झिलमिला जाने क्रममा अनियन्त्रित भई नहरदेखि तल खस्दा मोटरसाइकलले च्यापिएर चालक ३५ वर्षीय हँशु खड्काको घटना स्थलमै मृ*त्यु भएको हो ।

भुडादेखि खेती गर्नका लागि मोटर साइकलमा ३ बोरा रासायनिक मल ल्याएर झिलमिला फर्किने क्रममा नहरको बाटोमा भएका खाल्डालाई छल्न खोज्दा मोटरसाइकल नहरबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी गराउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार