logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरामा सशस्त्र प्रहरीको मोटरसाइकललाई ठक्कर दिदाँ तीन घाइते


  • राजनीति
  • बिहिबार, असोज ३० २०७६

पोखरा – पोखरामा शनिबार मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

पोखरा -९ नागढुङ्गामा शनिबार बा६४प ७२१२ नम्बरको मोटरसाइकल र ग१ब १४४९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पृथ्वीचोकबाट बिरौटा तर्फ जाँदै गरेको ग१ब १४४९ नम्बरको अञ्चल सशस्त्र प्रहरी गुल्म पोखराको मोरसाइकललाई भित्री गल्लीबाट निस्केको बा६४प ७२१२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

दुर्घटनामा दैलेख भैरवी गाँउपालिका-५ घर भई अञ्चल सशस्त्र प्रहरी गुल्म पोखरामा कार्यरत २३ बर्षीय प्रहरी जवान उपेन्द्र बिष्‍ट, रामेछाप उमाकुण्ड गाँउपालिका-४ प्रितीका ३४ बर्षीय नर बहादुर बस्नेत र बाँके कोहलपुर नगरपालिका-१० की ४३ बर्षीय गिता क्षेत्री घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

घाइते तीनै जनालाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जनाए । घाइते बिष्‍ट ग१ब १४४९ नम्बरको मोटरसाइकलका चालक हुन् भने घाइते बस्नेत बा६४प ७२१२ नम्बरको मोटरसाइकलका चालक हुन् । अर्की घाइते क्षेत्री बा६४प ७२१२ नम्बरको मोटरसाइकलको पछाडी सवार रहेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार