पोखरा – पत्रकार कृष्णमणि बराललाई उत्कृष्ट टान पत्रकार अवार्डबाट सम्मान गरिएको छ । टे«किङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको २६ औं साधारणसभामा बराललाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, टान पोखराका अध्यक्ष हरि भुजेलले सम्मान पत्र र नगद १० हजार सहित सम्मान गरे ।
अन्नपुर्णपोष्टमा कार्यरत बरालले नयाँ पर्यटकीय गन्तब्यको समाचार सम्पे्रषण गरि पदयात्रा पर्यटनको विकासमा योगदान दिएको भन्दै टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले सम्मान गरेको हो ।