राजनीति
पोखराको लेकसाइछेउमा रहेको बैदाम प्रहरी चौकीको हिरासतभित्रै चक्कु भेटिएको छ । हातमा लगाउने औठी, जुत्ताको तुना र कलम समेत लिन नपाइने हिरासतमा १ हात लामो चक्कु भेटिएको छ ।
कडा निगरानी हुने हिरासत भित्रै एक हात लामो चक्कु भेटिएपछि घटनालाई लुकाउन ड्युटीमा रहेका प्रहरीले तत्काल चक्कु नियन्त्रणमा लिएर लुकाइएको स्रोतले बताएको छ ।
हिरासतमा भएका कैदीबन्दीहरुका आफ्नाताले दिएको पैसा र खानेकुरा समेत प्रहरीको निगरानीमा मात्र भित्र पठाइने हिरासतमा यति ठुलो चक्कु कसरी र कसले लग्यो भयो भन्ने बिषयले अहिले कास्की प्रहरीभित्र खैलाबैला मच्चिएको छ ।
बेलाबेलामा विभिन्न काण्डका कारण चर्चामा आइरहने बैदाम प्रहरी चौकीको हिरासत भित्रै चक्कु भेटिएपछि उक्त प्रहरी कार्यालयले फेरी चर्चा पाएको छ ।
यसरी हिरासतभित्र चक्कु भेटिएपछि त्यहा रहेका कैदीबन्दीहरुमा सन्त्रास फैलिएको छ । दिउसो उक्त चक्कु फेला परेपछि बैदाम प्रहरी चौकी भित्र हुनसक्ने गम्भीर घटना टरेको स्रोतले बतायो ।