पोखरा-संघिय प्रहरी इकाई पोखराले पोखरा महानगरपालिका वडा नं. ८ नयांबजारबाट २८२ एम्पुल ला,गु अौषध सहित दुई जनालाई प्रकाउ गरेको छ।
नया बजार वस्ने वर्ष २३ को सुसान गुरुङ र वडा नं. २१ बस्ने बर्ष २८ को कृष्ण कामीलाई प्रहरी निरीक्षक टेक बहादुर रावतको कमाण्डमा खटि गएको प्रहरी टोलीले नयांबजार स्थित सुसान गुरुङ र कृष्ण कामीलाई सुसान गुरुङको घरमा शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा निजहरुले लुकाई छिपाई राखेको निम्नानुसारको अ,वैध ला,गुऔ,षध सहित पक्राउ गरेको हो।
थप अनुसन्धान एवंम् कारवाहीको लागी वडा प्रहरी कार्यालय बैदाम कास्कीमा पठाईएको बताएका छन ।