logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

हिउँमा पुरिएरका पोखरा पर्स्याङका सञ्जयको श’व हेलिकप्टरबाट ल्याइयो


  • राजनिती न्युज डेस्क
  • बिहिबार, कार्तिक ७ २०७६

कास्कीको अन्नपूर्ण गाउँपालिका–११, देउराली बेस क्याम्प नजिकै हिउँमा पु’रिएर परिवारका एकमात्र छोरा पोखरा-५ पर्स्याङका १८ वर्षका सञ्जय खनालको मृ’त्’यु भएपछि परिवारजन शो’कमा डुवेका छन् ।

सञ्जय काठमाण्डौमै कक्षा १२ मा अध्ययनरत थिए । चाडपर्वमा छुट्टी मनाउन घर फर्किएका सञ्जय सोमबार दुई साथी सहित बेस क्याम्पतर्फ निस्किएका थिए । सञ्जयका पिता युवराज खनालसहित परिवार अ’चेत अवस्थामा छन् ।

सञ्जयसंगै घुम्न गएका पोखरा–११, फूलवारीका २० वर्षीय सन्तोष बाँस्तोला र पोखरा–५ कै १८ वर्षीय निरञ्जन कोइराला ग’म्भीर घा’इते भएका छन् । उनीहरूको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । घाईतेको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा पसेर फोटो खिच्न लाग्दा एक्कासी हिँउको ढिस्कोले पु’रिएर सञ्जयको मृ’त्यु भएको हो । दुई साथी घाई’ते भए ।

सञ्जयको श’व घटनास्थलबाट पोखरा ल्याउन कठिन भएको थियो । सञ्जयको श’व बिहीबार बिहान मात्र हेलिकप्टरमार्फत पोखरा ल्याइएको हो । उनको खोजी बुधबारै गरिएपनि प्रतिकुल मौसमका कारण सफल हुन सकेको थिएन ।

उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम पछि घरमा लगी त्यसपछि सेती नदीस्थित तुलसीघाटमा अन्तिम संस्कार गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार