राजनीति
माओवादी जनयुद्धको चर्चित जिल्ला रोल्पा जेलबाङ निवासी शहिद भुवनका बुबा मङ्गले वुढाको निधन भएको छ । करिब १० महिना अगाडी मात्रै राज्यको पहल र आर्थिक सहयोगमा सांसद सुरक्षित आवास कार्यक्रम अन्तर्गत ‘समृद्ध रोल्पा फाउन्डेशन’ को तर्फबाट उनको घरको पुननिर्माण गरि हस्तान्तरण गरिएको थियो ।
मंगलेका एकमात्र छोरा भुवन बुढा २०५३ पुसमा राज्यपक्षबाट मारिएका थिए । पूर्णकालीन कार्यकर्ता भई तत्कालीन नेकपा (माओवादी)को गाउँ कोर्डिनेशन कमिटिको सदस्य रहँदा उनी साविक सेरम गाविसको झंकी गाउँमा प्रहरीबाट मारिएका थिए ।