logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बुद्ध एयरका जाहज बस्नै लाग्दा पोखरा विमानस्थलमा स्याल दौडिए पछी


  • पत्रपत्रिका
  • शनिबार, कार्तिक १६ २०७६

पोखरा – शुक्रबार करिब १ बजेको थियो । काठमाडौंबाट पोखरा आउदै गरेको बुद्ध एयरको जहाज अन्य दिन भन्दा नयाँ रुटमा उडिरहेको ।

विमानस्थलमा अवतरणको अन्तिम तयारीमा रहेको बुद्धको एटिआर ७२ को आइनएन एएमवाई कलसाइनको जहाज अवतरण गर्नै लाग्दा एकाएक उचाइ लियो । अवतरणको अन्तिम तयारीमा रहेको जहाजले एकाएक उचाइ धावनमार्गमा स्याल देखेपछि एकासी उचाई लिनु परेको थियो ।

विमानस्थलमा स्यालका कारण जहाज उडान र अवतरणमा समस्या हुँदै आएको छ । शुक्रबार पनि त्यही स्यालकै कारण बुद्ध एयरका जाहजले बस्नै लाग्दा उचाइ लिनु परेका पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले बताए । धावन मार्गमा स्याल देखी पछि जहाजलाई उचाइ लिन निर्देशन दिएको उनले बताए ।

चिसो बढेसँगै अहिले बिहानको समयमा दैनिक जसो धावनमार्गमा स्याल देखिने गरेका छन् । घाइते जस्तो देखिने एक स्यालसहित आधा दर्जन जति स्याल देखा पर्ने गरेको उनले बताए ।

विमानस्थलको धावनमार्ग नजिकै झाडी रहेको र त्यहाँबाट घाम ताप्नका लागि स्याल खुल्ला रहेको धावनमार्गमा आउने गरेका छन् । दुर्घटना नहोस भन्नका लागि अहिले विमानस्थल कार्यालयले ६ जनालाई स्याल धपाउन खटाएको छ । त्यसमा दुई जना चरा धपाउन खटिने कर्मचारी हुन भने अन्य चार जना सुरक्षा गार्ड र माली हुन् ।

पोखरा विमानस्थलबाट काठमाडौं, भरतपुर, जोमसोम, भैरहवा लगायतका गन्तव्यमा दैनिक ३० उडान भन्दा बढि उडान हुदै आएको छ । यो समाचार पोखराको अनलाइन गन्थनबाट साभार गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार