logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

बिधार्थी अनसनको आज छैटो दिन स्वास्थ्यमा जटिलता, आम बिधार्थीद्दारा क्यामपस प्रशाशनमा ताला

अनसनरत बिधार्थीको स्वास्थ्यमा जटिलता


  • राजनीति
  • शुक्रबार, माघ १९ २०७४

पोखरा/ प्रदेश न ४ कै ठुलो क्यामपस पृथ्वीनारायण क्याम्पस पोखरामा ५ बुदे माग राखी अनसन सुरु गरेका नयाँ शक्ती विध्यार्थी युनियनका २ विद्यार्थि नेता कृष्ण अधिकारी र नरेन्द्र बस्यालको अनसन छैटो दिन सम्म पुग्दा पनि क्यामपसले कुनै सुनुवाई गरेको छैन।

अनसनरत बिधार्थीको स्वास्थ्यमा जटिलता बढ्दै गए पछी आम बिधार्थीले समेत चासो देखाएका छन।

राजनीति भागबन्डाको अन्त्य, स्वणजयन्ती स्मृति भवनमा भएको भ्रष्टचारको विरुद्धमा पृथ्वीनारायण क्याम्पसको आर्थिक आम्दानी र खर्च सार्बजनिक सुनुवाइ मार्फत सार्वजनिक गर्नुपर्ने र क्यामपस भर्नालाई डिजिटिलाईट गर्नु पर्ने लगाएत ५ बुदे माग राखी अनसन सुरु गरेका दुई बिधाथीको माग साझा भएको भन्दै  क्यामपसमा अध्ययनरक्त बिधार्थीहरु द्दारा आज क्यामपसमा नारा जुलुस गरेका छन साथै माग पुरा नहुन्जेल संघर्ष चल्ने भन्दै बिधाथीले क्यामपस प्रशाशनमा समेत ताला लगाएका छन।

कृष्ण अधिकारी कानुन संकाय तेस्रो वर्ष र नरेद्र बसेल विज्ञान संकाय तेस्रो वर्षमा अध्ययन रक्त छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार