logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सुकुटेमा भएको बस दुर्घटनामा मृ’त्यु हुनेको सङ्ख्या दश पुगे


  • रासस
  • आइतबार, कार्तिक १७ २०७६

पोखरा- अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृ’त्यु हुनेको सङ्ख्या दश पुगेको छ ।

मुडे देउरालीबाट काठमाण्डौ का लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा ख’सेको हो । दश जनाको घट’नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए । उनका अनुसार केही श’वहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० बढी सवार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उनले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए । घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार