तनहुँ- भानुमा फेरी अर्को एउटा चितुवा परेको छ । भानु-१ जामुने गैह्रा स्थित सामुदायिक वनमा राखिएको परम्परागत काठको खोरमा हिजो राति ३ बजे एउटा चितुवा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।
उक्त चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको प्रमुख बरालले जानकारी दिए । राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन बन कार्यालय तनहुँको संयुक्त टोलिले उक्त चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज लगिएको बरालले बताए ।
भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।
भानु नगरपालिकाको विभिन्न वडामा पटक–पटक चितुवाले आक्रमण गरी बालबलिकाको ज्या’न लिन थालेपछि केहि समय अघि त्यस क्षेत्रमा पुजापाठ समेत गरिएको थियो ।