sf7df8f}F, @* sflQsM
/fi6«klt xldb km]jftfndf
g]kfnsf] cf}krfl/s ;befjgf e|d0fdf /xg'ePsf aªunfb]zsf /fi6«klt df]xDdb cAb'n xldb laxLaf/ kf]v/fsf] km]jftfndf 8'ªuf zo/ ub}{ . t:jL/M k|bLk/fh jGt, /f;;

पोखरा- नेपालको चार दिने भ्रमणका लागि आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज (बिहीबार) पोखराको फेवातालमा डुंगा शयर गरिरहेका छन् ।
राष्ट्रपति हमिद बिहीबार बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा पुगेका हुन् । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।
राष्ट्रपति हमिदसहितको टोली विमानस्थलबाट सिधै फेवाताल पुगेको पुगेको हो । फेवातालमा डुंगा शयरपछि राष्ट्रपति हमिद नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृष्यावलोकन गर्ने काकर्यक्रम रहेको छ । राष्ट्रपति हमिद आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।




तस्विर : रासस