दुलेगौँडा – पोखराबाट दुलेगौँडातर्फ आउँदै गरेको कारलाई सोहि दिशाबाट आउदै गरेको ट्रिपर र बोलेरोले चेप्दा दुर्घट्ना भएको छ। पोखराबाट दुलेगौँडातर्फ आउँदै गरेको बा ५ च ८४०१ नंको बोलेरोले र ग १ क २९१५ नं ट्रिपरको बीचमा रहेको ग २ प ५४६९ नं को कार कोत्रेको पुल छेउमा चेपिएको थियो ।तनहुँ र कास्कीको सिमाना कोत्रेमा शनिबार विहान भएको सडक दुर्घट्नामा परी ७ जना घाइते भएका छन् ।
दुर्घट्नामा चेपिएर गम्भिर घाइते भएका दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ भने अन्य ५ जनाको शुक्लागण्डकी झरौटाको जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ ।
टिपरको ठक्करबाट ग २ च ५४६९ नम्बरका कार चालक पोखरा १० रामबजार निवासी २९ बर्षका युवराज भट्टराई गम्भिर घाइते भएको कास्की प्रहरीले जनाएको छ । दुर्घट्नाबाट कारमा पुर्ण रुपमा क्षति पुगेको छ ।त्यस्तै बोलेरोको अगाडीको भागमा क्षति पुगेको छ ।