logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

होसियार बाइकको ‘लुकिङ ग्लास’ मोडिफाई गरे यस्तो हुनेछ कारबाही….


  • रासस
  • आइतबार, मंसिर १ २०७६

पोखरा- ट्राफिक प्रहरीले मोटरसाइकल (बाइक) को ‘लुकिङ ग्लास’ (पछाडिको दृष्य देखिने ऐना) भए–नभएको बारेमा निगरानी गर्न थालेको छ ।

खासगरी युवा वर्गले आफ्नो बाइकमा लुकिङ्ग ग्लास नराख्ने, राखेमा पनि सानो राख्ने, फोल्ड गर्ने प्रवृत्ति बढेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले निगरानी तथा कारवाही प्रक्रिया थालेको हो ।

महाशाखाले आइतबार सूचना जारी गर्दै हाल सञ्चालन भइरहेका विभिन्न किसिमका मोटरसाइकलमा आफूखुशी लुकिङ्ग ग्लास हटाएको तथा स्वरुप परिवर्तन गरेका कारण चालकहरुले पछाडिका सवारी साधनको अवस्थाबारे जानकारी नहुँदा मोटरसाइकल दुर्घटना बढ्दै गइरहेको देखिएको जनाएको छ ।

जसबाट हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्न ट्राफिक प्रहरी महाशाखाले कात्तिक ३० गतेदेखि लुकिङ्ग ग्लास फोल्ड गर्ने, नराख्ने तथा लुकिङ्ग ग्लासबाट दायाँबायाँ नदेखिने गरी राख्ने मोटरसाइकल चालक उपर कारवाही अभियान संचालन भएको महाशाखाले जनाएको छ ।

अभियान सुरु भएको पहिलो दिन शनिबार विभिन्न प्रकारका ३४५ मोटरसाइकललाई कारवाही गरिएको महाशाखाको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार