पोखरा – यही मंसिर २५ गते देखि पोखरा महानगरपालिका-२३ स्थित चापाकोट देउराली समुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने आज पोखरामा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ ।
कार्यक्रम संयोजक घनश्याम पराजुलीले रैकर चापाकोट, घडेरी,ओखलढुंगा, मगर गाउँहरुको पर्यटकीय सम्भावनाहरुलाई विकसित गर्नको लागि पनि महोत्सव आयोजना गर्न लागिएको बताए ।महोत्सवमा नौमती बाजा प्रतियोगिता, भजन चुड्का प्रतियोगिता, रत्यौली प्रतियोगिता र विभिन्न स्थानिय सांस्कृतिक कार्यक्रम हुने छ ।
महोत्सव सम्पन्न गर्न करिब १४ लाख ३० हजार खर्च लाग्ने भएको संयोजक पराजुलीले बताए । महोत्सवबाट करिब १५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ । महोत्सवबाट बचत भएको ७० हजार रुपैया स्थानिय काठमाट निर्माण गरीले भ्यु टावरमा लगानी गरिने भएको अध्यक्ष पराजुलीले जनाए ।पोखरा देखि करिब १३ किलोमिटर टाडा रहेको चापकोट पुग्न सवारी साधनबाट ४५ मिनेटमा र पैदलबाटै साँढे दुई घण्टामा पुग्न सकिन्छ।