पोखरा- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी तीन दिने भ्रमण का लागी पोखरा आएका छन। पोखरा आएपछी राजदुत होउ यान्छी ले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी सङ्ग भेटवार्ता पनि गरेका छन।राजदुत होउ यान्छी ले नेपाल भ्रमण वर्षमा चीनबाट धेरै पर्यटक पोखरा आउने विश्वास व्यक्त गर्दै चिनिया पर्यटकको सुरक्षा ग्वारेन्टी र आपतकालीन सहयोग सहायता कक्ष निर्माण गर्न समेत सुझाव दिएको समाचार प्राप्त भएको छ।
उनले भेटका क्रममा स्थानीय जनप्रतिनिधिलाई चिन भ्रमणको निमन्त्रणा समेत गरेकी छन् ।
भेटका क्रममा पोखरा महानगरपालिकाका मेयर जिसीले चिन सरकारको लगानीमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गरेकाले चिनिया कम्पनीलाई सहयोग गरिरहेको र भविश्वमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।