पोखरा- पोखराको एक गेष्ट हाउसमा एक व्यक्ति मृ’त फेला परेका छन् । पोखरा महानगरपालिका २ बाग्लुङ बसपार्क स्थित एक गेष्ट हाउसमा स्याङ्जा वानेथोक देउराली ५ घर भई हाल जिल्ला स्याङजा भिरकोट नगरपालिका ३ घर भएका अन्दाजी ६४ बर्षिय पुर्ण बहादुर घर्ती मृ’त भेटिएका हुन् ।
उनी शनिबार राती पोखरा आएर होटलमा बसेका थिए। कोठा नजिकैको बाथरुम भित्र अ’चेत अवस्थामा ल’डिरहेको फेला पारि तत्कालै उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल पोखरा लगेकोमा चिकित्सले चेकजाँच गर्ने क्रममा मृ’त घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको जनाएको छ ।