logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पोखरा गण्डकी मेडिकल कलेजबाट ९ जना परीक्षा बहिस्कार गर्ने विद्यार्थी पक्राउ


  • राजनिती न्युज डेस्क
  • बिहिबार, मंसिर १९ २०७६

पोखरा- प्रहरीले गण्डकी मेडिकल कलेजबाट ९ जना परीक्षा बहिस्कार गर्ने विद्यार्थीलाई पक्राउ गरेको छ।एमबिबिएस परीक्षा बहिस्कार गरी बाहिर निस्किने क्रममा नौ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो।

कलेज परिसरमा केही हुलहुज्जत गर्ने विद्यार्थीलाई पक्राउ गरिएेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।गण्डकी मेडिकल कलेजका विद्यार्थी केहीबेर परीक्षा हलमा गएर बाहिर निस्केका थिए। प्रहरीले पक्राउ परेका विद्यार्थीलाई डाँडाको नाक प्रहरी चौकीमा राखेको छ।

विद्यार्थीले भने बिनाकारण आफूहरूलाई पक्राउ गरेको जनाएका छन्। ‘प्रश्नपत्र च्यातेर बाहिर निस्किने क्रममा प्रहरीले धरपकड गरी विद्यार्थीलाई समातेको हो,’ एक विद्यार्थीले भने।चिकित्सा शिक्षाको एमबिबिएस पहिलो र दोस्रो वर्षमा मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ताको आन्दोलन जारी छ।

सरकार र निजी मेडिकल कलेजले शुल्क समायोजन गर्ने भने पनि त्यसमा विद्यार्थीले सहमति जनाएका छैनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार