logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

जब फुटबल हेर्न आएकाका भुटानीले ‘रेशम फिरिरि…’ भन्दै नेपाली गीत, गाए


  • राजनिती न्युज डेस्क
  • आइतबार, मंसिर २२ २०७६

फुटबलमा दक्षिण एसियाकै सबै भन्दा कमजोर देश मानिने भुटानले पहिलो पटक दक्षिण एसियाली खेलकुद सागको फाइनल यात्रा तय गरेको छ ।

शनिवार श्रीलंकालाई ३–० को गोल अन्तरले पराजित गर्दै भुटान पहिलोपटक सागको फाइनलमा प्रवेश गरेको हो ।पहिलोपटक फाइनलमा पुगेसँगै भुटानका खेलाडी मात्र होइन रंगशालामा उपस्थित दर्शकले समेत निकै खुसीयाली मनाएका छन् ।

उनीहरुले चर्चित नेपाली गीत ‘रेशम फिरिरी…।’ बोलको गीत गाएर उत्सब मनाएका थिए । भुटानी राष्ट्रिय भण्डा हातमा लिएर खेल हेर्न पुगेका भुटानी दर्शक र पदाधिकारीले उक्त गीत गाएका थिए । उनीहरुले गाएको गीतको भीडियो खेल हेर्न रंगशाला पुगेका नेपाली समर्थक प्रमोद घिमिरे नामका फेसबुक प्रयोगकर्ताले सामाजिक सञ्जालमा पोस्ट समेत गरेका थिए ।

कुनै समय अत्यन्त कमजोर मानिने र दक्षिण एसियाली देशरुहरु सबैले हराउने देशको रुपमा रहेको भुटानले जारी १३ औं सागमा नेपाल बाहेकका सबै टिमलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।

भुटानले श्रीलंका माल्दिभ्स र बंगलादेशलाई पराजित गरेको हो ।जितपछि ड्रेसिङ रुममा भुटानी खेलाडी र पदाधिकारी निकै खुसी देखिएका थिए ।

भुटानको अपेक्षा छ फाइनल नेपालसँग नपरोस् । आज नेपाल र बंगलादेशबीचको खेलमा नेपालले जितेमा भुटानको भेट फाइनमा नेपालसँग हुनेछ ।

नेपालले लिगमा भुटानलाई नमिठो हार चखाएको थियो । नेपालले भुटानमाथि ४–० को जित निकालेको थियो । त्यसैले फाइनलमा नेपालसँगको भीडन्तले भुटानलाई डर पैदा गरेको छ तर भुटान रोकिने मुडमा भने छैन ।

खबरहब

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार