logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

पास बिनाको दर्शक छिराउने प्रहरीको फोटो खिच्दा रंगशाला हाताभित्रै पत्रकारमाथि कुटपिट


  • आश तमु
  • मंगलबार, मंसिर २४ २०७६

पोखरा- १३ औ साग को अन्तिम दिन नेपाल र भुटानबीच आज दिउँसो ३ बजे हुने साग फुटबलको फाइनलको टिकटका विषय विवाद हुँदा प्रहरीले दशरथ रंगशालामा लाठी चार्ज गरेको छ।

प्रहरीले खेल हेर्ने पास भएका दर्शक सँगसँगै आफ्ना मान्छे पनि प्रवेश गराएपछि विवाद भएको हो । विवादको फोटो खिच्ने पत्रकार पनि कुटिएका छन्।प्रहरीको लाठी लागेर नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईं पनि घाइते भएका छन्। प्रहरीले रंगशाला भित्र नै पत्रकार चापागाईंलाई कुटपिट गरेका थिए ।

प्रहरीको कुटपिटबाट भएका घाइते उनको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको कुटाइबाट उनको कानमा चोट लागेको छ।प्रहरीले रंगशाला भित्र नै पत्रकार चापागाईंलाई कुटपिट गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार पुलिसले सर्वसाधारणमाथि अत्याधिक दमन गरेपछि पत्रकार चापागाईंले रिपोर्टिङ गर्दा उनलाई अपशब्द बोल्दै आक्रमण गरिएको थियो ।

‘टिकट छैन भन्दा होहल्ला गर्दै केही युवाहरू आए। धकेलाधकेल भयो। भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्‍यो,’ काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले सेतोपाटीसँग भने,‘त्यही क्रममा पत्रकारलाई पनि लागेको हुन सक्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार