पोखरा- पोखरा महानगरपालिका २९ धर्मकाटा भित्र एक युवक मृ’त फेला परेका छन् । घरबाट बिहेमा जान्छु भनि हिडेका पोखरा महानगरपालिका- १३ काहुँका निरज परियार मृ’त फेला परेका हुन।
गण्डकी प्रहरी प्रदेश कार्यालय पोखराले दिएको जनाकारी अनुसार ३० वर्षीय परियारलाई मध्यान्ह १२:३० बजे कच्ची बाटोको बायाँ तिरको कुलोमा मृ’त अवस्थामा स्थानीयले फेला पारेको बताएको छ । मृतक यही सोमबार घरबाट बिहेमा जान्छु भनि हिडेको बताइएको छ ।