पोखरा – पर्यटन बर्ष २०२० को सन्दर्भमा अागामी बैशाख १ देखी १० सम्म क्रबु डांडा मा पर्यटन मादी पर्यटन महोत्सब गर्ने भएको छ।
पर्टकिय गाउपालिका रुपमा परिचित कास्की मादी गाउपालिका को ४० अाै नियमित गाउ कार्यपालिकाको वैठकमा महोत्सव गर्ने निअर्णय पारित भएको हो। गाउपालिका अध्यक्ष बेद बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले मादी पर्यटन महोत्सब मनाउने लागायत बिबिध निर्णय गरेको छ । पर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै अगामी बैशाख १ गते देखि १० सम्म मादी गाउपालिका २ को अत्यन्त रमणिय स्थल क्रबु डांडामा माहोत्सब सन्चालन गर्ने निर्णय संगै गाउपालिका अध्यक्षको अध्यक्षतामा १५० जनाको मादी पर्यटन महोत्सब मुल अायोजक समती गठन गर्ने निर्णय गरेको छ।
जसमा मादीका सम्पुर्ण जन प्रतीनिधी , संघ संस्था का अध्यक्षहरु , बिद्यालयका प्र अ , १० वटा मा बिका बिद्यार्थी प्रतिनिधी, टोल संयोजकहरु , पर्यटन ब्यबसायीहरु , बुद्दीजिबि , समाजसेबी , राजनिति कर्मी लगायतलाई समेटिएको छ। जसकोलागी मुल अायोजक समितीको बैठक अगामी पाैष १६ गते ल्होसार र पर्यटन बर्ष २०२० लाई लक्षित गरि पर्यटकिय गाउँ ताङतिङमा बस्ने भएको छ।
पोखराबाट २१ कि मी सडक केही बर्ष बाट यातयात संन्चालित हुँदै अाएको छ। पर्यटन र क्होला सोथर सम्पदालाई ध्यान दिदै गाउपालिका ले ताङतिङ क्रबु क्होला सोथर सडक लाई गाैरबको योजनामा समाबेस गरि निर्माण कार्य अगाडी बढाईरहेको छ। गत बर्ष मा सासद खगराज अधीकारीको निर्वाचन क्षेत्र भाैतिक पुर्बधार अन्तर्गको गाउपालिका लाई बिनियोजित रकम मध्यबाट गाउँ कार्यपालिकाको निर्णय बमोजिम ७० लाख ले ताङतिङ बाट क्रबु सम्म १० कि मी सडक निर्माण गरीसकेको र यस बर्ष प्रदेश सांसद मन बहादुर गुरुङको पहलमा यस सडकलाई थप ५० लाख बजेट गण्डकी प्रदेश सरकारबाट बिनियोजित भएको बडा नं २ का अध्यक्ष एक जंङ गुरुङले बताए ।
समुन्द्री सतहबाट करिब ३२०० मिटर को उचाईमा रहेको क्रबु डांडा सम्म सहज रुपमा यातयातमा जाने र त्यहा बाट चाैरो , िचङ्ग्रे ,तप्रो हुँदै क्होला सोथर सम्म पदमार्ग ब्यबस्थित बनाएको साथै सांकृतिक , खेलकुद लगायत विभिन्न अाकर्षक र माैलिक कार्यक्रम सन्चालन गर्ने गाउ गाउपालिका अध्यक्ष बेद बहादुर गुरुङ श्याम ले वताउनु भयो ।
मुख्य रुपमा हिउँ र थरी थरीका लागीगुरास महोत्सबको अाकर्षण बन्नेछ किन भने यस स्थानमा मंसिर बाट जेठ सम्म हिउँले ढाकिनी र त्यस हिउ माथी माघ बाट जेठ सम्म थरी थरीका लागि गुरास पाईने भएको ले यश महोत्सबको निक नेम हिउँ माथीको लागीगुरास महोत्सब रहेको मादी ७ का वडा अध्यक्ष लाल बहादुर गुरुङले बताए ।
साथै कर्यपालिका बैठकले गाउसभा अगामी पाैष २७ मा अायोजना गर्ने ,वडा नं ४,५,७,८ र १२ को स्वास्थ्य चाैकी भवन तत्काल बनाउने , जनकल्याण मा बी मकैखोलामा १० कोठे र हिमालयन माबि गोर्जे मा ४ कोठे भवन चाडै बनाउने त्यस्तै गरि गाउपालिकाको अाफ्ने एबुलेन्स सन्चालनका लागि र अन्य मेला हारुका लागि कार्यबिधीहरु पारित गरिएको त्यसै कृषी र पशुका कार्यक्रम प्रभाकारी ढङ्गले संन्चालन गर्न सम्बन्धित शाखालाई जिम्मेवारी दिएको र बिरोजगार लाई रोजगार दिन प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना प्रस्तावाना सम्बन्धीत निकायमा पठाएको मादीका प्रमुख प्रशासकिय अधीकृत नारायण सापकोटा ले जानकारी दिनु भयो ।