logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु (बालिका)को श’व फेला


  • रासस
  • शनिबार, मंसिर २८ २०७६

सप्तरी- सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३, हर्दियास्थित पोखरीमा शनिबार नवजात शिशुको श’व भेटिएको छ ।

तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु (बालिका)को श’व फेलापरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गाउँको भित्री सडकखन्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा माछा मार्न हालेको जालमा बालिका मृ’त फेलापरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।

श’व परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

नवजात शिशुलाई बेवारिसे अवस्थामा कसले र किन फालेको हो, त्यसबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रसाइँले बताए । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार