logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँ भानुमा कु’टपिटबाट लमजुङ राइनासका कुमालको मृत्यु


  • रासस
  • आइतबार, मंसिर २९ २०७६

दमौली – तनहुँको भानु नगरपालिका–८ बलीफाँटमा कु’टपिटबाट एक जनाको मृत्यु भएको छ। मृ’त्यु हुनेमा लमजुङ राइनास नगरपालिका–५ का ५२ वर्षीय राजकुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

स्थानीय कल्याणी मिश्रलाई हातपात गर्न खोजेपछि प्रतिरक्षामा मिश्रले कुमाललाई कु’टपिट गर्दा उनको मृ’त्यु भएको प्रहरीले जनाएको छ। कु’टपिटबाट घाइते भएका कुमाललाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएपनि स्वास्थ्यकर्मीले उनको मृ’त्यु भएको बताएका थिए।

पीडित परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले भानु नगरपालिका–८ का कल्याणी मिश्रलाई पक्राउ गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार