logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जंगलमा जडिबुटी खोज्न गएका १२ जना अलपत्र


  • पत्रपत्रिका
  • सोमबार, मंसिर ३० २०७६

जुम्ला- तिला गाउँपालिका–६ मा रहेको जंगलमा जडिबुटी खोज्न गएका १२ जना अलपत्र परेका छन् । हिमपातका कारण उनीहरु शनिबारबाटै हराइरहेका थिए ।

अलपत्र परेको क्षेत्रमा सञ्चार सम्पर्क सुविधा नभएकाले आइतबार साँझ मात्रै घटनाबारे जानकारी प्राप्त भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले बताए । अनलाइनखबरले आजको समाचार लेखेको छ।

उनका अनुसार वडा नं। ९ का वडाध्यक्षले खच्चडबाट फर्किने क्रममा एक जनाको लडेर मृ’त्यु भएको पनि जानकारी दिएका छन् । मृ’त्यु हुनेमा वडा नं। ९ कै २६ वर्षीय दिनबहादुर बोहरा छन् ।

घटनामा चार वटा खच्चड पनि मरेको सूचना प्राप्त भएको उनले बताए । श्रेष्ठले भने, ‘गाउँबाट हिँडेरै आएर हामीलाई घटनाबारे वडाध्यक्षज्यूले जानकारी गराउनु भएको छ । सहयोगका लागि हामीले गृह मन्त्रालयसँग पत्राचार गरिसकेका छौं ।’

उनका अनुसार गृहको स्वीकृतिमा सोमबार हेलिकप्टरबाट अलपत्रको उद्दार गर्ने तयारी गरिएको छ । ‘आज रात परिहाल्यो । अहिले उहाँहरु ओडारमा बस्नु भएको र सकुशल हुनुहुन्छ भन्ने खबर आएको छ’, उनले भने ।

घटना क्षेत्र जिल्लाको अति विकट पहाडी क्षेत्र मानिन्छ । यो दैलेखको सीमाना नजिक रहेको बताइएको छ । हिउँ परिरहेका कारण बाटो नदेखिने अवस्था रहेको स्थानीयले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार