पोखरा- प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा हिजो रातिदेखि नै ब’म आ’तंक छ । जनकपुरको बाह्रबिघा रङ्गभुमी मैदानलाई केन्द्रबिन्दु बनाएर वरिपरि रहेको विभिन्न बाटोमा शं’कापष्द वस्तु फेला परेको छ ।
आइतबार राति ९ बजे र आज सोमबार करिब साढे ९ बजे फेरि अर्को ठाउँमा शं’काष्पद वस्तु हरियो बोरामा बेरिएको अवस्थामा सरस्वती उच्च माध्यमिक विद्यालय छेउमा वेवारिसे बोरा फेला परेको छ ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति भेटिएको ब’म सेनाले सोमबार बिहान नेपाली सेनाले निष्क्रिय पारेको छ ।प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पहिले ब’म भेटिएको संकटमोचन मन्दिरदेखि दुई सय मिटर पूर्वतर्फ बाह्रबिघास्थित सरस्वती उच्च मा विद्यालय नजिक सडकमा शं’कास्पद वस्तु देखिएको जानकारी दिए ।
विद्यालय नजिक सडक बीचमा शं’कास्पद वस्तु फेला परेपछि प्रहरीले अहिले त्यहाँ आवतजावतमा रोक लगाइएको छ ।
श्रोत अनुसार जनकपुर स्थित बाह्रबिघा मैदानमा एनसेलले महामेला आयोजन गर्न लागेको जानकारी पाएपछि बिप्लव नेकपाले सोको वरिपरि ब’म राखेको छ ।