logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मनाङमा हिमपातले सडक अबरुद्द भएपछी प्रहरी र स्थानीयले गरे सरसफाई


  • आश तमु
  • सोमबार, मंसिर ३० २०७६

पोखरा- अबिरल हिमपातको कारण सडक अबरुद्ध भएको चामे-१ तिमाङ देखि मनाङ ङिस्याङ-९ खाङसारसम्मको सडक जिल्ला प्रहरी कार्यालय मनाङको प्रहरी टोली र स्थानियहरुको सहभागितामा बाटोको हिउँ हटाई सहज हुने गरी सडक सरसफाई गरिएको छ ।

भारी मात्रामा परेको हिमपातले सवारी आवागमन तथा स्थानिय जनजिवनमा निकै कठिनाई भईरहेको बेला जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक टिका बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलिले मनाङ जिल्लाको चामे गाउँपालिका वडा नं। ४ चामे स्थित मनाङ सदरमुकाम एरियाको बिभिन्न स्थानमा सडकको हिमपात हटाई जनजिवनमा सहजता प्रदान गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार