logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

स्याङ्जा महोत्सव सुरु


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, पुष ४ २०७६

पोखरा- आज शुक्र्वार छैटौं संस्करणको स्याङ्जा महोत्सव शुक्रबारबाट सुरु हुँदै छ । आँधीखोला किनार मालेबगरमा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव आज बाट सुरु हुने भएको हो । महोत्सव १६ गतेसम्म चल्नेछ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठले महोत्सवमा ८ करोडको व्यापार हुने र ३ लाख ५० हजार आन्तरिक र बाह्यि पर्यटकले अवलोकन गर्ने बताए।

महोत्सवबाट १ करोड १५ लाख १० हजार आम्दानी गर्दै ६५ लाख ५० खर्च गरी बचत रकमलाई स्याङ्जा बजारमा सिसी क्यामेरा जडान जस्ता काममा खर्च गरिने श्रेष्ठले बताए । कृषि र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन, बृहत कृषि प्रदर्शनी, विद्यालय स्तरीय नृुत्य, भलिबल, दोहोरी प्रतियागिता, रत्यौली महोत्सवका आकर्षण रहेको श्रेष्ठले उल्लेख गरे ।

२ सय स्टल राखिएको महोत्सवमा सबै स्टल बुकिङ भइसकेको र २० स्टल कृषि प्रवद्र्धनका लागि निशुल्क प्रदान गरिएको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार