तनहुँ – विहिबार विहान तनहुँ ट्राफिक प्रहरी दमौलीमा चेकजाच गर्दा स्कुल बस ट्राफिकको फन्दामा परेको छ ।
घनुषा थिरेश्वर नगरपालिका वडा न.५ मा रहेको प्रगति शिशु सदन माविका विद्यार्थी बोकेर भ्रमणमा हिडेको बा.
४ ख ९३२० नम्बरको उत्त बस लाइसेन्स नभएको चालकले चलाउदा प्रहरीले समातेको हो ।पाँच दिने भ्रममा चितवन, बुटवल, पाल्पा, पोखरा हुदै मनकामना दर्शन गर्न जान लाग्दा दमौलीमा चेकचाजको क्रममा समातिएको हो।
कक्षा ८, ९ र १० का विद्यार्थी बोकेको बसको चालकसँग हेभि गाडिको लाइसेन्स नभई चलाएको थियो ।विद्यार्थी, शिक्षक, चालक र सहचालकलाई राखि जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद सिलवाल र ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले सवारीसाधन चलाउन अनुपति पत्र अर्थात लाइसेन्स नहुदा यसरी स्कुल जस्तो संवेनशिल क्षेत्रमा लापरवाही गैरजिम्वेवार ढङ्गले चलाउदा दुर्घटना भएको खण्डमा को जिम्मेवार हुने विषयमा सचेत गराएका थिए ।
उनीहरुलाई एसपी सिलवाल र ट्राफिक प्रमुखले एक घण्टा अनुपति पत्र नहुदा राजमार्गमा हुने दुर्घटका बारेमा कानुनी व्यवस्थाको बारेमा जानकारी गराएका थिए ।ट्राफिक प्रमुख अधिकारीले उक्त बसलाई आवश्यक कारबाही गरी लाइसेन्स भएको चालक खोजेर पठाएको जनाए ।
तनहुँमा सवारी दुर्घटना कम गर्नका निम्ती राजमार्गमा चेकजाजमा कडाइ गरिएको एसपी सिलवालले जानकारी दिए ।नेपाली पत्रबाट साभार