पोखरा- काठमाडौं सीतापाइलास्थित एक स्टोरमा आगलागी भएको छ । लामखुट्टे मार्ने क्वाएलको स्टोरमा शुक्रबार अपराह्न ४ बजेदेखि आगलागी भएको हो ।
प्रहरीका अनुसार शुक्रबार अपराह्न ४ बजेदेखि सुरु भएको आगलागी ३ घण्टा पछी नियन्त्रण आएको हो ।
आगो नियन्त्रर्णका लागि ४ वटा दमकल प्रयोग गरिएको थियो । आगलागीको कारण भने अझै खुलेको छैन भने क्षतिको विरण आउन पनि बाँकी रहेको महानगरीय प्रहरी बृत स्वयम्भुका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।