logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरा देखी सिक्लेस सम्म बाटो पिच हुने


  • आश तमु
  • आइतबार, पुष ६ २०७६

कास्की-  जिल्लाको मादी गाउपालिका लाई संघ र प्रदेश सरकारको समपुरक बजेट प्राप्त भएको छ।

काहुँखोला दुधपोखरी सडक खण्डलाई ३७ करोड ९४लाख ८४ हजार ४ सय १५ गण्डकी प्रदेश सरकारको र सघं सरकारको साझेदारीमा समपुरक बजेट बिनियोजन भएको हो । यस अगाडी यही अार्थिक बर्षमा यस सडक लाई भाैतिक पुर्बाधार बिकास मन्त्रालयबाट बिजयपुर खोला बाट थाकको उकालो सम्म १० कि मी सडक कालोपत्रेका लागि ४० करोड बजेट बिनीयोजन भई दुई बर्ष भित्र काम सम्पन्न गर्ने गरी सपना/ काष्टमण्डप जे भी निर्माण सेवा ले २२ करोड २६ लाख ७८ हजार ८ सय ५३ मा जिम्मा लिई निर्माण कार्य अगाडी बडाईएको छ।

कास्की १ संघिय सांसद म. खगराज अधीकारी र गण्डकी प्रदेश सांसद मन बहादुर गुरुङल, गाउपालिका अध्यक्ष बेद बहादुर गुरुङ लगायत जनप्रतीनिधी हरुको जोडबल २ बर्ष भित्र कुनैपनी हालतमा सडक कालोपत्रे बनाई छाड्न दाैडधुपमा लागि परेका छन् । हाल बाटो चक्लाउने ,जाली भर्ने काम , सिमेन्ट बाल लगाउने काम भईरहेको निर्माण कम्पनीका प्रतिनिधीले जनाए ।

थाकको उकालो बाट संघ सरकार को छुटै १ करोडले केही ढलानको लागि छुटै निर्माण कार्य हुने र हाल समपुरक बाट प्राप्त बजेटले काहुँखोला सिक्लेस सडकको थप १० कि मी सडक कालोपत्रे हुनेछ। थप १० कि मी सडक कालोपत्रे हुदा मादी १ को खीलाङ अासपास सम्म पुग्ने काउखोला सिक्लेस दुधपोखरी सडक का सचिब दान बहादुर गुरुङले बताए। साथै सिक्लेस सम्म नै कालोपत्रेको यही बर्ष फेरी थप बजेटको लागी जनप्रतीनिधी र सरकार लागि परेको मादी १ का वडा अध्यक्ष सुरज कुमार गुरुङले बताए । कास्की जिल्लाकै मुख्य र लामो सडक खण्ड ले पोखरा र सिक्लेस जोड्नेछ।

त्यसै गरि विशेष अनुदान अन्तर्गत मादी ६ चीप्लीमा एक घर एक धाराका लागि ३५ लाख बजेट स्वीकृत भएको छ। त्यसै गरि मादी गाउपालिकामा ईदी खोला,मकै खोलाको मोटरेबल पुलको टेण्डर भईसकेको र बार्दी खोला मोटरेबल पुलको टेण्डरको अन्तिम तयारीमा रहेको मादी गाउपालिकाका उपाध्यक्ष बिष्णु अचार्य पाैडेल ले बताए ।

यस बर्ष मादीको गाउपालिका केन्द्र जाने पोखरा याङ्जाकोट सडक खण्डको ११ कि मी टेण्डर भएको ,साैर्य मिजुरे सडक , तालबेसी लिपियानी चमेरेअोडार मिजुरे सडक,मादी करिडोर , मध्य पहाडी लोक मार्ग मिजुरे देखि मादी ५ सम्म निर्माण कार्यको सुरुवात हुने लगायतमा केन्द्रबाट बजेट बिनियोजित भई कुनै निर्माणधिन र कुनै योजना निर्माणको अन्तिम तयारीमा भएको मादी गाउपालिका अध्यक्ष बेद बहादुर गुरुङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार