logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

चर्चित नेपथ्य समूहका पुराना सर्जक सुक गुरुङको पोखरा आफ्नै निवासमा निधन

दुवै मिर्गौलाबाट पिडीत


  • आश तमु
  • आइतबार, पुष ६ २०७६

पोखरा- सर्जक गितकार संगितकार सुक बहादुर गुरुङको आज बिहान आफ्नै निवासमा निधन भएको छ। लामाे समय देखि दुवै मिर्गौलाबाट पिडीत रहएका गुरुङ डाईलाइसिस गराई रखेका थिए।

गुरुङ छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरेले,दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसू, आँखैमा झल्झली,हितैको दौतरी, दाेबाटाेमा अाँखाहरू नजुधेका हैन, भाइटीकामा भेट्न आउँला विदाइ छ आजलाई लगायत दर्जन चर्चित गितका सर्जक गितकार संगितकार हुन।

उच्चरक्तचाप र मधुमेहका कारण २०७१ साल पुस १९ गतेदेखि दृष्टि गुमाउन पुगेका ५६ वर्षिय गुरुङ दुवै मिर्गौला पीडित भई उपचाररत थिए।पुख्र्यौली लमजुङ, जन्म चितवनको दिव्यनगर, बाल्यकाल तथा शिक्षाआर्जन पोखरा र कर्म थले काठमाडौं बनाउनु भएका गीतकार संगीतका सुकबहादुर गुरुङको एक श्रीमती जुना गुरुङ, जेठा छोरा  र कान्छा छोरा बिदेशमा कार्यरत छन् । हाल लेखनाथ डाडाकोनाकमा बस्दै आइरहेका थिए।

विंस २०७३ सालमा उहाँकाे उपचारार्थ पाेखरामा ‘सुक गुरूङ उपचार सहयाेग समिति ‘गठन गरि साेहि समितिबाट उपचार भईरहेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार