आश तमु, पोखरा- घटना पुस ३ गतेको हो। पोखरा महानगरपालिका २७ तालचोकमा दिउसैँ मापसे गरी सवारी चेकिङ गर्ने प्रहरी हवल्दार भिम बहादुर यादव आफै मापसे गरी सवारी चेकिङ गरेको पाए पछी एक महिलाले उल्टै चेक गरिन।
उनले त्यसपछी एकाएक सर्वसाधारणको भिड जम्मा हुन थाल्यो। प्रहरी र ती महिला बीच पनि भना भन सुरु भयो। ती महिलाले आफु सङ्ग सबै कागजात भएको भन्दै अनावश्यक प्रहरीले दुख दिएको प्रहरी आफै मापसे गरेको भन्दै रिसाइन। उनले भिडमै रहेका अर्का चालकलाई प्रहरीको मुख सुघ्न लगाइन।अनि ति पुरुषले पनि प्रहरीले मापसे गरेको भनी ठोकुवा गरे।पोखरा महानगरपालिका २७ तालचोकमा मापसे गरी सवारी चेकिङ गर्ने प्रहरी हवल्दार भिम ब। यादव लाई सर्वसाधारणहरुले केहीबेर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए । अहिले हवल्दार यादव र सर्वसाधारणको समाजिक सञ्जालमा भिडियो पनि भाइरल हुदैँ गईरहेको छ।
ईलाका प्रहरी कार्यालय डाँडाकोनाक बाट ड्युटिमा खटिएका तालचोकमा सवारी चेक जाँदै गर्दै गरेका हवल्दार भिम ब। यादवले मापसे गरेको सर्वसाधारणले चाल पाएपछि उनलाई घेरेर राखेका थिए ।स्कुटर रोकेर चेकजाँच एवं सोधपुछ गर्ने क्रममा यादवको मुखबाट रक्सीको गन्ध आएको र त्यस पश्चात नजिकै रहेका स्थानीयहरुलाई खबर गरेको स्कुटर चालक रञ्जु गुरुङले वताईन ।यस विषयमा ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटले हवलदार यादवलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणको प्रक्रिया अगाडि बढाइएको बताए । उनले कसुर प्रमाणीत भएमा संगठनको नियमानुसार विभागिय कारवाही गरिने पनि वताएका थिए ।
रक्सी पिएर काम खटिएको पटकपटक गुनासो तथा उजुरी आएपछि इलाका प्रहरी कार्यालय बगरमा कार्यरत राजकुमार कार्कीलाई बर्खास्त नै गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।‘तालचोकमा रक्सी पिएर ड्युटी गर्ने यादबलाई पहिलो पटक भएकाले एक तह घटुवा गरेर कारबाही गरिन्छ,’ एसपी कार्कीले भने, ‘बगरमा कार्यरत हबल्दार राजकुमारलाई भने एक हप्ताअघिमात्र बर्खास्त गरिएको छ ।’रातको समयमा ड्युटीमा खटिने प्रहरी आफैं रक्सी पिउने र असल चालकलाई पनि दुख दिने गरेको गुनासो छ । प्रहरीले भने यस्ता समस्या भेटिए तत्काल खबर गर्न आग्रह गरेको छ ।