logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लमजुङको सुन्दरबजारमा माटोको ढिस्कोले पुरिँदा ६ जना घाइते


  • रासस
  • बुधबार, पुष ९ २०७६

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–६ मा माटोको ढिस्कोले पुरिँदा ६ जना घाइते भएका छन् ।

सुन्दरबजारमा रहेकाे एउटा घरको पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खस्दा कामदार चितवनका ५२ वर्षका बलबहादुर तामाङ, १८ वर्षका विष्णु चेपाङ, ४० वर्षका दीपक चेपाङ, ३५ वर्षका सुरेश चेपाङ र सल्यानका ६० वर्षका छविलाल राना र परिचय नखुलेका एकजना गरी ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय, भोटेओडारले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये उपचारका लागि एक जनालाई जिल्ला सामुदायिक अस्पताल बेसीशहर र एक जनालाई चितवन पठाइएको छ । बाँकी ४ जना घाइतेको स्थानीय कर्मदा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार