पोखरा- फेवाताल संरक्षणका लागि फेवातालका मुहानमा सिल्टेसन ड्याम निर्माण सुरु हुने भएको छ। पोखरा महानगरपालिका र गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संयोजन गर्दै एक कर्यक्रम बीच सिल्टेसन ड्यामको सिलन्यास गरेको हो।
बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सयुक्त रुपमा पोखरा २४ बेतयनी खोलामा ड्यामको सिलन्यास गरे । फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पोखरा २४ पामे स्थित बेतयनी खोला एक र दुई, लौरुक खोला, पोखरा २३ र २४ को अधेरी खोला र पोखरा २३ स्थित हर्पन खोला घाँटीछिना गरि ५ ठाउँमा चेकड्याम बनाए र सिल्टपोखरी निर्माण गर्ने योजना रहेको पोखरा महानगरपालिकाले जनाए।
दुई निर्माण कम्पनीले लौरुक खोला, अधेरी खोला तथा हर्पन खोला गरि ३ वटा १५ महिना भित्र काम सम्पन्न गर्ने गरि २८ करोड १६ लाख हजार रुपैयामा जिम्मा लिएका छन ।
पाँच ठाउँमा सिल्टेसन ड्याम निर्माण पछि प्रत्येक वर्ष ५ लाख मेट्रिक टन ढुङगा बालुवा निकाल्न सकिने पोखरा महानगरपालिकाको योजना छ । त्यसलाई विक्रि गरे बार्षिक २३ करोड आम्दानी गर्ने लक्ष्य रहेको पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले बताए ।
सिलन्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको सिमाङकन छिटै हुने बताए । उनले संघिय समितिले काम गर्न ढिलाई गर्दा फेवातालको संरक्षणका काम आगडी बढ्न नसकेको बताए । उनले संघिय सरकारले बेलैमा काम नगर्दा अदालतको अपहेलनाको मुद्धा समेत खेप्नु परेको बताए ।