logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरामा आज यो बर्षकै चिसो न्युनतम तापक्रम ६ डिग्री सेल्सियस मापन


  • आश तमु
  • बिहिबार, पुष १० २०७६

पोखरा – पोखरा लगाएत आज देशै भर चिसो बढेको छ । मौषम विज्ञान कार्यालय पोखराले दिएको जानकारी अनुसार  आज बिहीबार  न्युनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरेको छ । बुधबार न्युनतमा ८ डिग्री र अधिक्तम १७ दशमलव ९ डिग्री सेल्सियस थियो । मौसमको रेकर्ड अनुसार बिहीबार पोखरामा यो वर्ष कै न्युनतमा तापक्रम मापन भएको हो ।

पोखरामा सन् २०१२ मा अहिलेसम्मकै कम शुन्य दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो । त्यसै गरी सन् १९७० मा १ दशमलव ८ डिग्री र १९८९ मा २ दशमलव ५ डिग्री सेल्सिय मापन भएको छ ।

आज बिहानै देखि पोखरामा हुस्सु लागेको थियो। हुस्सुले सबै ढाकेर  भिजिबिलिटी कम भए पछी बिहानैबाट पोखराबाट विभिन्न स्थान पुग्ने हवाई सेवा समेत अवरुद्घ हुन पुगेको थियो।

 

तस्बिर अम्रित सुवेदीको फेसबुकबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार